काठमाडौं – काठमाडौंको बालाजुस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर अगाडि भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदासवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजुमा हिजो बेलुकी भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

चन्द्रागिरी नगरपालिका २ का अन्दाजी ३९ वर्षीय संजिव कार्कीको उपचारको क्रममा महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा राति साढे २ बजे मृत्यु भएको हो ।

बा६च ४८११ नम्बरको टाटा डीआई भ्यान र बा७५प २२५९ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे बालाजुस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर अगाडि सडकमा आपसमा ठोक्किएका हुन् ।