काठमाडौं – लोकसेवा आयोगले गत वैशाख १७ गते लिएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित गरेको छ । आयोगले लिएको लिखत परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८ सय ५७ जना अन्तर्वातामा सहभागी भएका थिए । त्यसमध्ये ६ सय ६० जना नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ ।

लिखितमा नाम निकालेका उम्मेदवारहरूको यही असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो । लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अङ्कबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोटको निर्णय गरेको हो ।

भन्सार एजेन्टमा नाम निकाल्न सफल उम्मेदवारको सूची: