काठमाडौं – सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्ने गरी सर्वोच्चको बृतह पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । आज बुधबार जारी गरेको लिखित आदेशमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुला गरेको हो ।

अन्तिम लिखित फैसलामा पूर्ण इजलासका पाँच जना न्यायाधीशबीच राय बाझिए पनि बहुमत राय दिने तीन जना न्यायाधीशले पनि निजगढमा विमानस्थल बनाउने कुरालाई रोक नलगाएको जनाएका छन् । उहाँहरूले निजगढ विमानस्थलको प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुने गरी विकल्प खोज्न भने पनि निजगढमै विमानस्थल बनाउन रोक भने नलगाएको एक न्यायाधीशले जानकारी दिनुभयो ।

हेर्नुहोस् सर्वोच्चको फैसलाको पूर्णपाठः