काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै धाराहरू एकीकृत हुन आवश्यक रहेको बताउनुभएको छ । आज पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले विगतमा ‘क्रान्तिका लागि’ भन्दै पार्टीको मुल धारबाट बाहिरिएका केही साथीहरू अहिले फर्किन थालेको बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले विगतमा माओवादीबाट अलग्गिएका तर फेरि पार्टीमा फर्किएका नेताहरूप्रति लक्षित गर्दै भन्नुभयो– ‘क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीता–मीठा अनुभव बटुलेर फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो ।’

अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य सहित ५२ जना नेता कार्यकर्ता नेकपा ९माओवादी केन्द्र० प्रवेश गराउनुभएका छ । उहाँले देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको प्रस्ट पार्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैले कसैप्रति दुराग्रह र पूर्वाग्रह होइन, राष्ट्रिय आवश्यकतालाई आत्मसात गरेर अघि बढ्न समेत आग्रह गर्नुभयो ।