काठमाडौं – काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो निभाउने प्रयास भएता पनि आगो नियन्त्रण गर्ने काम हुन नसकेपछि
प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको हो । आगलागी हुनुको कारण र त्यसले पु¥याएको क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।