काठमाडौं – लोकदोहोरी गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्टमा ‘ह्यांगिङ’ देखिएको छ । अनुसन्धानमा खटिएका अधिकारीका अनुसार पोष्टमार्टममा ह्यांगिङ’ देखिएको हो । यसले प्रारम्भिक चरणमा आत्महत्या गरेको देखाउने तर त्यसलाई आफैं गरेको हो कि अरू कसैले झुण्डाएको भन्ने विषयमा थप अनुसन्धानका लागि रगत जाँच गरिने प्रहरीले जनाएको छ ।

डाक्टरलाई उद्धृत गर्दै एक प्रहरी अधिकारीले भन्नुभयो, ‘यसले ह्यांगिङ मात्र देखायो, यसको थप रिपोर्टका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पठाउनुपर्छ ।’ प्रहरीले अहिले उनको रगत जाँचको लागि नास्ट पठाउने तयारी गरेको छ । भजाइनल स्वाब परीक्षणका लागि भने प्रहरीको विधिविज्ञान प्रयोगशाला (फरेन्सिक ल्याब) पठाइएको छ ।

उक्त रगतको रिपोर्ट आउन ७ दिन लाग्ने भएकाले त्यसपछि मात्रै आत्महत्या हो वा अरू कसैले झुण्डाएको भन्ने पत्ता लाग्ने प्रहरीले जनाएको छ ।