काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले संसद्मा विनियोजन विधेयकमाथिको छलफल सकिएकाले अब समाजमा वर्षाैंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तकृत (यौनकर्मी) महिलाहरूको पक्षमा कानुन बनाउनुपर्ने बताउनुभएको हो ।

आज मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले भन्नुभयो, “ समाजमा सीमान्तकृत महिलाहरूको समस्या छ, नागरिकताको समस्या छ । जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएको छ । उनीहरूमाथि हुँदै आएको दुर्व्यवहारविरुद्ध कानुन निर्माण गर्न सकिन्छ,। ”

उहाँले सीमान्तकृत महिलाको अवस्था वास्तविक रूपमा कसरी माथि उठाउन सकिन्छ ? यस विषयमा सरोकारवाला पक्षहरूले सोच्न आवश्यक रहेको समेत बताउनुभएको छ ।