काठमाडौं – नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१ औँ जन्मजयन्ती आज मनाइँदैछ । जन्मजयन्तीका अवसरमा एमालेका विभिन्न भातृ जनसङ्गठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउापालिका–२ ठोट्नेमा भएको थियो ।

नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबज’ को सिद्धान्त प्रतिपादन गरेका थिए । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।

भण्डारी र एमालेका तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो ।