काठमाडौं – नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लोकसेवा आयोगले लिएका लिखित परीक्षा नतिजा ननस्किँदै रद्द गरिएको छ । निगमको मानव संसाधन विभागले आज मङ्गलबार एक सूचना जारी गर्दै लिइसकेको लिखित परीक्षा तथा केही विज्ञापन पनि रद्द गरिएको जानकारी दिएको हो ।

निगमका अनुसार सर्वोच्च अदालतको फैसला तथा लोकसेवा आयोगले गत जेठ २६ गते गरेको निर्णयबमोजिम निगमको पदपूर्ति समितिको बैठकले आ.व. २०७५/७६ का लागि आह्वान गरिएका विज्ञापन नं. १०–१२/२०७५/७६ का विज्ञापनहरूको लोक सेवा आयोगद्वारा परीक्षा सञ्चालन भई नतिजा प्रकाशन हुन बाँकी लिखित परीक्षाहरू रद्द गरिएको जानकारी दिएको छ ।

यस्तै आर्थिक वर्ष ०७६/७७ का लागि मिति २०७६/११/०२ मा निगमले प्रकाशित विज्ञापनमध्ये खुलातर्फ विज्ञापन नं. ०१–१८/०७६/७७ तथा आन्तरिक तर्फका विज्ञापन नं. २०१–२२५/०७६/७७ का विज्ञापनसमेत रद्द गर्ने निर्णय भएको जनाएको छ ।

हेर्नुहोस् यस्तो छ निगमले सार्वजनिक गरेको सूचना: