लन्डन – नेपाली सेफहरूको छाता सङ्गठन नेपाली सेफ एशोसियन युकेको अध्यक्षमा कोलेश्वर ढकाल ‘कृष्ण’ सर्वसम्मतले चयन हुनुभएको छ । एशोसियनको लन्डनस्थित ह्यारोमा सम्पन्न तेस्रो महाधिवेशनले उहाँलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस्तैगरी उपाध्यक्षमा मोहन ओली, शिवप्रसाद कँडेल र ठाकुर ढुङ्गाना चयन हुनुभएको छ भने महासचिवमा राजु बोहरा, सचिवमा यज्ञ खरेल, कोषाध्यक्षमा धर्मागत चापागाई, सह–कोषाध्यक्षमा केबी गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यमा गोकर्ण भुषाल, अभिषेकुमार श्रेष्ठ, दलबहादुर खत्री, लालचन्द्र सापकोटा ‘रामजी’, उपेन्द्र पौडेल, रामकृष्ण अर्याल, छम रेग्मी, रामप्रसाद सापकोटा, लीलाधर निउरे, सुमन शर्मा (सोहन), टिकादेवी चालिसे, रोशकान्त सापकोटा, चन्द्रबहादुर केसी, गोमा पौडेल, भानुभक्त घिमिरे, टीकाराम निउरे, दिनानाथ अर्याल र रामकृष थापा हुनुहुन्छ ।