वीरेन्द्रनगर – कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरी रहेको प्रहरीले जनाएको छ ।

कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनीको जमिनमा धान रोप्न आएका बेला चट्याङ लागेर उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।