काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक पार्टी खोल्ने हुनुभएको छ । नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । उहाँले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानलाई नै पार्टीको रुपमा घोषणा गर्न लागेको बताइएको छ ।

गौतमले आज दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लाग्नुभएको एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिनुभयो । नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा हरप्रखरले लाग्नुभएका गौतम पार्टी एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लाग्नुभएको हो ।