काठमाडौं – अति वर्षाका कारण आज हवाई सेवा नै प्रभावित भएको छ । देशका विभिन्न ठाउँको हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडानहरू प्रभावित भएका छन् ।

विमानस्थलमा उपकरणमा आधारित प्रणालीबाट मात्रै हवाई उडान भइरहेको स्रोतको भनाइ छ । अन्य विमानस्थल भने खुला रहेका छन् ।

अहिले देशभर मौसम बदली भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार नै विशेष बुलेटिन जारी गरी आजदेखि बिहीबारसम्म भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन समेत आग्रह गरेको छ ।