साङ्केतिक तस्वीर

काठमाडौं – काठमाडौंको कोटेश्वरमा हिजो साँझ माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार शेन रहेका छन् ।

बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका शेनको उपचारको क्रममा बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शेनलाई ठक्कर दिएको उक्त माइक्रोबस फेरि प्रदेश २–००६ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुगेको थियो । ट्रकसँग ठोक्किएपछि माइक्रोबसका सहचालक विमल सुनार घाइते भएका छन् ।घाइते सुनारको सिभिल हस्पिटल नयाँबानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालकसहित ट्रक र माइक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार माइक्रो चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।