काठमाडौं – काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित हुनुभएको छ । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरण बाहिरिएपछि न्यायपरिषद् बैठकले छानबिन समिति बनाएको थियो ।

छानबिन समिति गठनबारेको सूचना आज राजपत्रमा प्रकाशित भएसँगै उहाँ निलम्बनमा पर्नुभएको हो । परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित जाँचबुझ समितिलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।