काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज पदभार ग्रहण गर्नुभएको छ । यसअघि स्वास्थ्य राज्यमन्त्री रहनुभएका खापुङ आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त हुन्भएको हो ।

पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री खापुङले जनतालाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउन पहलकदमी गर्ने बताउन्भयो । दुर्गम क्षेत्रमा उपचार नपाएकाहरुका लागि लक्ष्यित गरेर गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने उहाँको भनाइ रहेको थियो ।

उक्त निर्णय मन्त्रिपरिषद्मा पठाएपछि कार्यान्वयन हुने मन्त्रालयका प्रवक्ता डा मिश्राले जानकारी दिनुभयो । उहाँले ग्लोबल फण्डको कार्यक्रम सन् २०२४ देखि सरकारको मातहतमा ल्याउने र त्यसका लागि सचिवालयसमेत स्थापना गर्ने बताउनुभयो ।