काठमाडौं – आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बहस नसकिएकोले अर्को सुनुवाइ आगामी आइतबार अर्थात् असार १९ गते हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ । मुद्दा हेर्दाहेर्दैमा राखिएको यो तेस्रो पटक हो । यसअघि जेठ ३० र असार ५ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।