काठमाडौं – राष्ट्रिय सभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । आज सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो ।

यसअघि असार २ गते प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित गरेको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि आज बहुमतले पारित गरेको छ ।