सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुवीर रामको मृत्यु भएको हो ।

पैदल हिँडिरहेका बेला उनलाई गएराती पौने १२ बजे बा १८ च ९३९० नम्बरको जिप पछाडी सार्ने क्रममा ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिपसहित चालकलाई ईलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको जनाएको छ ।