फाइल तस्वीर

काठमाडौं – वर्षासँगै गएको पहिरोको कारण वेसिशहर–डुम्रे सडक–खण्ड अवरुद्ध भएको छ । लमजुङ बेसिशहर नगरपालिका–१ उदिपुरस्थित वेशिशहर–डुम्रे सडक खण्डमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक अवरोध खुलाउन आवश्यक पहल गरिरहेको जनाएको छ ।