काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ । उहाँले आज बिहान सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा पदभार ग्रहण गर्दै दुई निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकामा सांस्कृतिक सम्पदा पदमार्ग निर्माण गर्न अध्ययन गर्ने निर्णय गर्नुभएको छ । हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्गको निर्माणको काम अघि बढाउने र कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असरबारे कार्ययोजना बनाउने भनी दुई निर्णय गर्नुभएको हो ।

यस्तैगरी विभिन्न अध्ययन प्रतिवेदनका आधारमा कार्ययोजनाको रूपमा अगाडि बढाउन समिति गठन गरिएको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । कार्ययोजना बनाएर सात दिनभित्र पेश गर्ने भनिएको छ ।