काठमाडौं – आईजीपी नियुक्तिविरुद्धको हेर्दाहेर्दैमा परेको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमाथि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो ।

उक्त मुद्दाको आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् । आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सो को अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरू भएता पनि मुद्दाको बहस नसकिएपछि दुईपटक हेर्दाहेर्दैमा राखिएको छ ।