काठमाडौं – नेकपा एकीकृत समाजवादीबाट मन्त्रीका लागि थपिनुभएका नयाँ मन्त्रीहरूले आज शपथग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच आज बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम रहेको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकासमन्त्री, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री, शेरबहादुर कुँवरलाई श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । उहाँहरुको आज शपथग्रहण कार्यक्रम हुँदैछ ।