चितवन – चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं–मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।

मुग्लिनबाट काठमाडौंतर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोका कारण मुग्लिनतर्फ आउने र काठमाडौंतर्फ जाने सवारी साधन सडकमै जाममा परेका छन् ।