फाइल तस्वीर

काठमाडौं – पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ४८ घन्टाभित्र राजीनामा दिने घोषणाअनुसार मन्त्री पदबाट दिएको राजीनामा बुझाउनुभएको हो ।

एकीकृत समाजवादीको मन्त्रिपरिषद् हेरफेरबारे असन्तुष्टि जनाएकामध्ये ६ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिइसकेका छन् । अध्यक्ष नेपाल निकट स्रोतका अनुसार मन्त्री आलेले राजीनामा बुझाउनुभएको हो । उहाँले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गर्नुभएको छ ।