काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताउनुभएको छ । आज बिहान संसदीय समिति अभ्यास, पहिलो संसददेखि सङ्घीय संसदसम्म पुस्तक विमोचन गदै सभामुख सापकोटाले भन्नुभयो ‘यही सदनबाट पास गर्नुपर्छ । आठवटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ ।’,

नागरिकता विधेयक अड्किएका कारण दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको र आफूकहाँ दर्जनौँ ‘डेलिगसन’आएको समेत बताउनुभयो । संसद पुनर्स्थापनापछि संसद्लाई जीवन्त बनाउन गुणस्तरीय कानुन निर्माण गर्नेबाहेक आफूहरूको कुनै स्वार्थ नभएको सभामुख सापकोटाको भनाइ छ ।