चितवन – भरतपुर विमानस्थलको टावरनजिकै आगो लागेको छ । आज बिहान लागेको उक्त आगो १० मिनेटमै नियन्त्रणमा लिइएको हो । आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासि आगो लागेको थियो । बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने बताइएको हो ।
छोटो समयमै आगो नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको विमानस्थल कार्यालयले जनाएको छ ।