महोत्तरी – महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट अचानक खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।