काठमाडौँ – राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सङ्घीय संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

बजेट प्रतिनिधिसभाबाट पारित भइसकेको र राष्ट्रिय सभामा छलफलकै क्रममा रहेको छ ।