काठमाडौं – सरकारले पेट्रोलियम पद्धार्थको मूल्य पुनः बढाउने तयारी गरेको छ । नेपाल आयल निगम स्रोतका अनुसार भारतबाट मूल्य पुनः बढेर आउने भएपछी पेट्रोलको मूल्य बढाउने तयारी गरेको हो ।

अहिले पेट्रोलको मूल्य प्रति लिटर १ सय ९९ रुपैयाँ छ । सरकारले अब पेट्रोलको मूल्य २ सय १० रुपैयाँ पुर्याउने गरी तयारी गरिरहेको आयल निगम स्रोतले जनाएको छ ।

यहि रफ्तारमा पेट्रोलको मूल्य बढ्दै गयो भने दशैंसम्ममा प्रतिलिटर ३०० रुपैयाँसम्म नपुग्ला भन्न सकिन्न । आयल निगम स्रोतका अनुसार कहिले लिटरको ११ त कहिले लिटरको १० गरेर दशैंसम्म पेट्रोल लिटरकै ३०० रुपैयाँ पुग्न सक्ने सम्भावना अधिक रहेको छ । यस्तै सरकारले हवाई इन्धनको मूल्य पनि बढाउने तयारी गरेको छ भने खाना पकाउने ग्याँसको हकमा फरक फरक मूल्य तोक्ने तयारी गरिरहेको जनाएको छ ।