फाइल तस्वीर

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै जनसङ्गठनलाई सरकारविरुद्ध आन्दोलनमा उतार्ने निर्णय गरेको छ ।

एमाले जनसङ्गठन समन्वय संयन्त्रको आज बसेको बैठकले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता विषयले जनताको दैनिक समस्या विकराल बन्दै गएको भन्दै सम्बन्धित जनवर्गीय सङ्गठनहरूलाई सरकारविरुद्ध सडक आन्दोलनमा उतार्ने निर्णय गरेको हो ।

एमालेले सरकार छाडेको एक वर्षभित्रै तेब्बरसम्म मूल्यवृद्धि भएको र सर्वसाधारण बाँच्नसमेत नसक्ने अवस्था आएको भन्दै उक्त निर्णय गरेको बताएको छ । बैठकले एमालेका २२ वटा जनसङ्गठनका प्रमुखहरूसहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित सङ्गठनले एकल आन्दोलन गर्ने निर्णय गरेको छ ।