प्रतिकात्मक तस्वीर

सप्तरी – सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ मा बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । विराटनगरबाट कटारीतर्फ जाँदै गरेको ना५ख १८९८ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुने अन्दाजी ५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि सप्तरीकै भारदह अस्पतालमा पठाइएको छ । अरू घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको र घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ । चालक भने फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।