भक्तपुर – राष्ट्रिय क्षयरोग केन्द्रले कर्मचारी माग गरेको छ । भक्तपुरको नयाँ ठिमीस्थित केन्द्रले आज सूचना प्रकाशन गरी करार सेवामा कर्मचारी माग गरेको हो ।
केन्द्रले एक डाटा इनालिस्ट र एक जना हटलाइन अपरेटरको माग गरेको छ । दुवै पदमा नियुक्त हुने कर्मचारीको कार्यावधि २०२३ डिसेम्बरसम्म रहने केन्द्रले जानकारी दिएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र निवेदन दिनसक्ने केन्द्रले जनाएको छ ।