काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिट् व्यूरो सदस्य ओमप्रकाश पुनसहित चार जनाले पार्टीबाट राजीनामा दिनुभएको छ । उहाँहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो ।

राजीनामा दिनेमा पुनसहित केन्द्रीय सल्लाहकार शङ्करबहादुर खड्का, महाकाली इञ्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियार हुनुहुन्छ ।

माओवादी धारलाई एकीकृत र ध्रुवीकृत गर्ने वस्तुगत आवश्यकता महसुस गरी त्यसकै प्रयास स्वरूप पार्टीबाट अलग भएको विज्ञप्तिमा उल्लेख छ । टुट फुट र विभाजन होइन एकतावद्ध र एकीकृत कम्युनिस्ट पार्टी निर्माणको दिशामा एकाकार हुन राजीनामा दिएको पुनले बताउनुभयो ।