फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डल तत्काल हेरफेर नहुने भएको छ । सङ्घीय संसद्को बजेट अधिवेशन समापन नहुँदासम्म मन्त्रिमण्डल हेरफेर नहुने भएको हो ।

सत्ता घटक दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मन्त्रिमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन अन्त्य भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने सोचमा प्रधानमन्त्री देउवा पुग्नुभएको छ ।

अहिले मन्त्रिमण्डल फेरबलद गर्दा संसद्बाट बजेट पास गर्न समस्या हुने देखिएपछि मन्त्रिमण्डल हेरफेरमा ढिलाइ हुन गएको हो । नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डल हेरफेरमा दवाव दिंदै आएको । त्यसोत माओवादी केन्द्र, जनता समाजवादी पार्टी भित्रपनि मन्त्रिमण्डल हेरफेर गर्न नेताहरुले शीर्ष नेतृत्वलाई दवाव दिइरहेका छन् ।

नेकपा (ए.स.) को सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने पार्टी निर्णय कार्यान्यवन गराउनका लागि अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीमाथि निरन्तर दवाब दिंदै आउनु भएको ।

दुई साताअघि नेकपा (ए.स.) ले देउवा सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरी अन्य चारजनाईलाई फिर्ता बोलाउने र नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ, शेरबहादुर कुवँर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय गरेको थियो ।