फाइल तस्वीर

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आज बिहीबार बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक पेश गर्नुहुने छ ।


प्रधानमन्त्री देउवाले आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७÷०७८, पेश गर्ने र आजै राष्ट्रियसभाको बैठकमा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक – ०७६ प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

लोकसेवा आयोग विधेयक, ०७५ माथि राष्ट्रियसभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची संसद सचिवालयले जनाएको छ ।
सङ्घीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा ती विधेयकमाथि छलफल हुने छन् ।