काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेले (नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी) दल दर्ताको लागि पेश गरेको निवेदन विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । पार्टीको नाममा स्वतन्त्र राखिए साच्चिकै स्वतन्त्र उम्मेदवारलाई मर्का पर्ने भन्दै निर्वाचन आयोगमा उजुरी परेको हो ।

स्वतन्त्रको माहोललाई सम्बोधन गर्न सकिने भनेर पार्टीको नाम नै राष्ट्रिय स्वतन्त्र पार्टी राखेका रविको दल दर्तामा उजुरीकर्ताले पार्टीको नाममा स्वतन्त्र शब्द राख्न नहुने माग गरेका छन् । उजुरीका सम्बन्धमा आयोगले अध्ययन तथा छानबिन गरेर उचित निर्णय लिनेछ ।