फाइल तस्वीर
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महङ्गी बढेर जनता मारमा परेको बताउनुभएको छ । उहाँले इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर महँगी बढेको र अचाक्ली महँगीले जनता मर्कामा परेको बताउनुभएको हो ।

जसपा अध्यक्ष डा.भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् ट्विट गर्दै मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको पनि बताउनुभएको छ । ‘हाम्रा दल/नेता सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा÷क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ,’ भट्टराईले आज ट्वीटरमा लेख्नुभएको छ, ‘विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महँगी बढ्छ । यो अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ । खै सरकारी पहल ?

उहाँले राजनीतिक दल र नेता सत्ता र गठबन्धनको अरिथमेटिकमा लिप्त रहेको बताउँदै मूल्यवृद्धि नियन्त्रणमा सरकारी पहल आवश्यक रहेको औँल्याउनुभएको छ ।