काठमाडौँ– गृह मन्त्रालयले लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई पुरस्कार दिने भन्दै इच्छुक व्यक्तिलाई समाचारसहित आवेदन पेश गर्न आह्वान गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई अन्तर्राष्ट्रिय दिवसको अवसरमा पुरस्कार दिने भन्दै इच्छुक व्यक्तिलाई समाचारसहित आवेदन पेश आह्वान गरेका हो ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा लागुऔषधको क्षेत्रमा उत्कृष्ट समाचार लेखन तथा रिपोर्टिङ्ग गर्ने तीनजना पत्रकारलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यसका लागि इच्छुक पत्रकारलाई असार १० गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन गृह मन्त्रालयले सूचना प्रकाशित गरेको हो । पुरस्कारका लागि पत्रकारहरूले आवेदनसहित व्यक्तिगत विवरण, समाचार र कार्यरत संस्थाको सिफारिस पेश गर्नु पर्नेछ ।