प्रतिकात्मक तस्वीर


काठमाडौं – काठमाडौंको शङ्खरापुरमा टिपरको ठक्करबाट एक महिला पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका १ देउराली भञ्ज्याङमा गएराति टिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फटकसिला स्थायी घर भई हाल शङ्खरापुर नगरपालिका देउराली भञ्ज्याङमा बस्दै आएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।

प्रदेश नं ३०१००६ ख ३४७४ नम्बरको टिपरले गएराति ९ बजे दनुवारलाई ठक्कर दिएको थियो ।