काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आवश्यक कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । परिषद्ले करार सेवाका लागि आवेदन आह्वान गरेको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका कार्यालय शिक्षालयहरूमा अर्को सूचना नआएसम्म ०८० असार मसान्तसम्मका लागि प्राविधिक÷प्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचारी आवश्यक रहेकाले दरखास्त आह्वान गरिएको हो ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रतिलिपि र तोकिएको दस्तुरसहित परिषद् कार्यालयको वेबसाइटमा रहेको विद्युतीय माध्यमबाट तोकिएका शिक्षालयमध्ये कुनै एक शिक्षालयमा दरखास्त दिन सक्ने परिषद्ले जनाएको छ ।