काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी राखिने भएको छ । सञ्चारकर्मलाई छाडेर राजनीतिमा होमिनुभएका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्नुभएको हो ।

आज काठमाडौंमा एक कार्यक्रम गरेर उहाँले पार्टीको नाम सार्वजनिक गर्नुभएको हो । उहाँले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह ‘घण्टी’ राख्नुभएको छ । यस्तै, लामिछानेले आजै निर्वाचन कार्यालय जाने पनि बताउँदै बसुन्धरामा पार्टी कार्यालय खोलिने पनि कार्यक्रमबाटै बताउनुभयो ।
कार्यक्रममा उहाँले “भ्रष्टहरुको दिमागमा घण्टी बजाउछौँ । यो सुशासनको घण्टी हो ” भन्नुभयो ।