काठमाडौं – भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ । राजदूत शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच हिजो सोमबार भएको द्विपक्षीय भेटवार्तामा सहयोगका विभिन्न पक्षहरूबारे छलफल भएको बताइएको छ ।

राजदूत शर्माले भन्नुभयो, ‘हामीले द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल ग¥यौँ र भारतीय सेनाले नेपाललाई निरन्तर सहयोग गरेकोमा धन्यवाद दियौं ।’