फाइल तस्वीर
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय मताधिकार बारे छलफल गर्न आज मङ्गलबार निर्वाचन आयोग जाने हुनुभएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग गै विदेशमा रहेका नेपालीहरुको मताधिकार प्रयोग गर्ने विषयमा छलफल गर्नका निम्ति जान लाग्नु भएको हो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एकहप्ता अघिमात्रै विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था छिट्टै गर्ने अभिव्यक्ति दिनुभएको थियो ।

काङ्ग्रेसका महामन्त्रीद्वयले निर्वाचन आयोग पुगेर विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन ध्यानाकर्षण गराउने कार्यक्रम छ । महामन्त्रीद्वयले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर यसबारेमा ध्यानाकर्षण गराउने जनाइएको छ ।