फाइल तस्वीर

काठमाडौं – असार कृष्णपक्ष अष्टमी तिथी, आज विश्व योग दिवस, विश्वसंगीत दिवस हो । आज वर्षको सबैभन्दा लामो दिन हो । उत्तरभाद्रपदा नक्षत्र, आयुष्मान योग, बालब करण, चन्द्रमा मीन राशिमा छ । आज १०ः२१ देखि १२ः०५ बजेसम्मको समय लाभ समय रहेको छ । आज १३ घण्टा ४५ मिनेटको दिन हुनेछ । रातिको समय १० घण्टा १५ मिनेट मात्र हुनेछ । सूर्य दक्षिणायन शुरु हुने दिन हो ।

सूर्य कर्कट राशिमा प्रवेश गर्दछ । आजको दिन शुभ मानिन्छ । आजबाट बर्षा ऋतु सुरु भएको मानिन्छ । आज बिहान सूर्योदय ५ः०९ मा भएको छ भने सूर्यास्त ७ः०३ मा हुनेछ ।

आजका देवता चन्द्रमा ग्रहदेव केतु हुन् । कार्ययोजना सफल हुनेछ । ज्योतिषशास्त्र अनुसार मङ्गलबार समय मिलाएर गणेशको प्रार्थना, गणेश मन्दिर यात्रा र हनुमानको दर्शन, हनुमान चालिसा पाठ गर्दा मनमा प्रसन्नता छाउने छ ।