प्रतिकात्मक तस्वीर

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका–१०, लाकुरी भञ्ज्याङस्थित नारायणडाँडा उकालोमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको मण्डन देउपुर स्थायी घर भएका अन्दाजी ३३ वर्षीय कपिल तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

गए राति करिब सवा ११ बजे तामाङले चलाएको बा४ख ७३३६ नम्बरको टिपर दुर्घटना भएको प्रहरी वृत्त सातदोवाटोले जनाएको छ ।