काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ कर्मचारीलाई बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सचिवालका अनुसार सेवा समूह, उपसमूह र श्रेणीको रिक्त पदमा उनीहरूलाई ज्येष्ठता, कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि उहाँहरूलाई सिफारिस गरिएको हो ।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प. अनंकित प्रथम श्रेणीमा ७ जना र अर्को बढुवा सूचनाअन्तर्गत प्रथम श्रेणीमा ४ जनालाई बढुवा सिफारिस गरिएको हो ।