काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोगको कार्यालय जाने हुनुभएको छ । उहाँहरुले अहिले बिहान ११ बजे आयोगको कार्यालय पुगी प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउनका लागि आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउन लाग्नुभएको हो ।

प्रवासमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिनुभएको छ । महामन्त्रीद्वय थापा र शर्माले हिजो सोमबार उक्त विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गराउनुभएको थियो ।