फाइल तस्वीर
काठमाडौं – सङ्घीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित स्संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आज मङ्गलबारको बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक –२०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक – २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी गृह मन्त्री बालकृष्ण खाँणले प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयको कार्यसूची अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले राष्ट्रियसभाबाट भएको बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक –२०७६ र बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।