काठमाडौं – नेपाल वायुसेवा सञ्चालक सङ्घले हवाई भाडादर वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक सङ्घले नयाँ भाडादर सार्वजनिक गरेको हो ।

निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो । मूल्य समायोजनसँगै सङ्घले हिजो सोमबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो ।

नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ६ सय ५५ रुपैयाँसम्म वृद्धि भएको छ । काठमाडौं–भद्रपुर ५ सय ७०, काठमाडौं–विराटनगर ४ सय ५५, काठमाडौं–धनगढी ८ सय ४० रूपैयाँसम्मले भाडा बढेको छ । यस्तै काठमाडौं–पोखरा ३ सय रूपैयाँले भाडा बढेको छ ।

यो हवाई भाडादर भोलि बुधबारबाट लागू हुने सङ्घले जनाएको छ । निगमले १९ रुपैयाँ प्रतिलिटर हवाई मूल्य बढाएको थियो । यस्तै एअरपोर्ट ट्याक्स अन्तर्रास्ट्रिय विमानस्थलको हकमा ५ सय रूपैयाँ र अन्य विमानस्थलमा ३ सय र ४ सय रूपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

viber_image_2022-06-20_15-51-00-275.jpg